नेप्से सामान्य बढ्यो, जलविद्युत् समूहमा हरियाली कायमै

 साउन २५, २०७८ सोमबार १५:२०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज साेमवार पनि सामान्य बढेको छ । नेप्से आज एक दशमलव ५४ अङ्कले बढेर तीन हजार एक सय नौ दशमलव ६६ विन्दुमा पुगेको छ । 

गएकाे केही दिनदेखि उत्साहजनक रूपमा बढेकाे जलविद्युत् समूह आज पनि लयमै रहेको छ । जलविद्युत् समूहको शेयर आज एक सय १९ अङ्कले बढेको छ, यस्तै फाइनान्सको ९१, निर्जीवन बीमा समूहको ३९, जीवन बीमा समूहको ४८ र अन्य समूहको शेयर साढे आठ अङ्कले बढेको छ । बैंक, विकास बैंक, होटल, व्यापार, उत्पादन र लगानी समूहको शेयर भने घटेको छ । 

आज आईसीएफसी फाइनान्स, कर्पोरेट विकास बैंक, हिमालयन पावर पार्टनर, ङादी ग्रुप पावर, नेपाल हाइड्रो, युनियन हाइड्रो, युनियन लाइफ इन्सोरेन्स र जीवन विकास लघुवित्त गरी आठ कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 

आज दुई सय २४ कम्पनीका दुई करोड ५३ लाख ९३ हजार कित्ता शेयर १४ अर्ब १३ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ६७ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया