रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – विभिन्न किसान संगठनले भूमि समस्या समाधान आयोग विघटनको निर्णय स्वागत गरेका छन् । अखिल नेपाल किसान महासंघसहित विभिन्न ७ वटा संगठनले संयुक्त विज्ञप्ति निकालेर एकपक्षीय ढंगले आयोग गठन भएको भन्दै तत्काल अधिकार सम्पन्न उच्चस्तरीय भूमिसुधार कार्यान्वयन आयोग बनाई किसानका समस्या समाधानका लागि प्रकृया अगाडि बढाउन समेत माग गरेका छन् ।
खेती गर्ने कतिपय किसानसँग आफ्नै जमिन नरहेको, जमिन हुनेहरू सबै कृषि उत्पादनमा संलग्न नरहेको अवस्थामा कृषि उत्पादनमा संलग्न हुन चाहने सबै भूमिहीनहरू, मुक्तकमैया, मुक्तहलिया, गरिब किसानलाई जिविका पुग्दो जमिन दिने, सहकारी तथा सामूहिक खेती प्रणाली अघि बढाउने र सम्पूर्ण सुकुम्बासी, अव्यवस्थित बसोबासीहरू र बेदर्तावाल मोहीको समस्या समाधान गर्न जग्गाधनी पुर्जासहित जमिन उपलब्ध गराउनुपर्नेमा उनीहरुको जोड छ । साथै कृषियोग्य जमिनको क्षयीकरण र अतिक्रमणलाई रोक्न भू-उपयोग कानुन कार्यान्वयन गर्दै जमिनको सही सदुपयोगका लागि सामूहिक, सहकारी र सार्वजनिकीकरण गर्दै लैजानेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् । खोप र कोरोना प्रभावित किसानलाई राहतका कार्यक्रम घोषणा गरी उत्पादनका लागि सहज वातावरण सिर्जना गर्न उनीहरुको आग्रह छ ।
उखु बेचेबापत चिनी मिलबाट प्राप्त गर्नुपर्ने भुक्तानी नपाएको, विगतका सम्झौता कार्यान्वयन नभएको र सरकारले दिनुपर्ने अनुदान रकम समेत नदिएर फेरि आन्दोलन गर्नुपर्ने अवस्थाबारे गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । किसान संगठनले उखु किसानको माग र समस्याबारे तत्काल समाधानतर्फ लाग्न पनि सरकारसँग माग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।