लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सत्तापक्ष एमालेद्वारा बहिष्कार

 साउन २७, २०७८ बुधबार १४:१२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सत्तापक्ष नेकपा एमालेले बहिष्कार गरेको छ । संविधान विपरीत अविश्वास प्रस्ताव आएको भन्दै सर्वोच्च अदालतमा रिटसमेत दिएको सत्तापक्ष एमालेले विशेष अधिवेशन पनि बहिष्कार गरेको हो । 

प्रदेश सभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएको छ । अविश्वासकाे प्रस्ताव पेस गर्दै प्रदेश सभा सदस्य वीरेन्द्रकुमार कनौडियाले सदनमा सत्तापक्ष अनुपस्थित नहुनु अनौठो भएको बताउनुभयो । 

प्रदेश सभा सदस्य कनाैडियाले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर बचेको लाज जोगाएको प्रतिक्रिया दिनुभयो । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया