काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
१८ औं एसियन गेम्स अन्तर्गत पदकको आशा गरिएको जुडोमा बिहीबारको प्रदर्शन सन्तोष जनक रहेन् ।
जुडोमा ओलम्पियन फुपुल्हामु खत्री पहिलो खेलमै पराजित भएकी छिन् ।महिला ६३ केजी मुनिको तौल समूहमा फुपु इन्डोनेसियाकी खेलाडीसँग पराजित भइन् । सागमा स्वर्ण विजेता फुपु इन्डोनेसियाकी अर्डेलीया युली फ्रादिभ्ताले वाजारीसँग अंकका आधारमा पराजित भइन् ।
जुडोतर्फ नै महिला ५७ केजी मुनिको तौल समूहमा नेपालकी मनिता श्रेष्ठ प्रधान पनि पहिलो खेलमै पराजित भएकी छिन् । अन्तिम ३२ चरणको खेलमा मनिता भियतनामकी थि बिच गुएनसँग इपोनको आधारमा पराजित भइन् ।
यस्तै पुरुष ७३ केजी मुनिको तौल समूहमा नेपालका संजित डंगोल साउदी अरेबियाका सुलेमान फहाद हमानसँग इपोनकै आधारमा पराजित भए । यसैगरी इन्द्रबहादुर श्रेष्ठ पहिलो खेलमा पराजित भए । इन्द्रबहादुर उत्तर कोरियाली प्रतिद्वन्द्वी ह्योङ उन किमसँग टिक्न सकेनन् ।
सागका कास्य पदकधारी इन्द्रले पुरुष ६६ केजीमुनि तौल समूहमा इप्पोन खाँदै १ मिनेट २१ सेकेन्डमै खेल गुमाएका थिए ।
अर्को खेलमा महिला ५२ केजीमुनि देविका खड्का अन्तिम १६ मा पराजित भइन् । उनी जापानकी नात्सुमी सुनोदासँग पराजित भएकी हुन् । इप्पोनमा हारेकी देविकाले १ मिनेट २० सेकेन्डमै खेल गुमाइन् ।
इन्डोनेसियामा जारी एसियन गेम्स वरीयताका लागि भएको पुरुष भलिबलमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।
नेपाल श्रीलंकासँग २३ – २५, २५ – १६, २६ – २४ र २५ – २१ को सेटमा पराजित भयो । हारपछि नेपालले अब १५ औं र १६ औं वरीयताका लागि खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।