नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

 साउन २८, २०७८ बिहीबार १२:३७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

दिउँसो २ बजे सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका र चुनावको निर्देशिका प्रस्तुत गरिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद देखिएका विभिन्न जिल्लाका नेता कार्यकर्ता अनशनमा रहेकाले बैठक बूढानीलकण्ठ बस्न लागेको हो । बैठकको मुख्य एजेण्डा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सम्बन्धी हुनेछ ।

कांग्रेसले क्रियाशील विवाद समाधान गर्न नसक्दा पार्टीको १४ औँ महाधिवेशन अनिश्चित बनेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विशेष महाधिवेशन भए पनि तोकिएकै मितिमा गर्न माग गरेको छ भने सभापति शेरबहादुर देउवा महाधिवेशन सार्ने तयारी गर्नु भएको छ।

कांग्रेसको १३ औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाण्डौमा भएको थियो । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया