कुलमान बाहेक अर्काे मान्छे छैन त ? कुलमान बूढाे भएपछि सरकारले के गर्छ ? : गजेन्द्रबहादुर महत

 साउन २८, २०७८ बिहिबार १५:१६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले वर्तमान सरकारले कुलमान मात्रै देखेको भन्दै टिप्पणी गर्नुभएकाे छ । प्रतिनिधि सभाकाे आज बिहीवारकाे बैठकमा प्रतिनिधि सभा सदस्य महतले यस्ताे टिप्पणी गर्नुभएकाे हाे । 

सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेको भन्दै उहाँले कुलमान बूढो भएपछि सरकारले के गर्छ भन्ने प्रश्न गर्नुभयो । डुबेका नेपाल एअरलाइन्स लगायतका संस्थानतर्फ पनि सांसद महतले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

उहाँले भन्नुभयो – ‘पुरानो सरकारले हनुमान मात्रै देख्यो । याे सरकारले कुलमान मात्रै देख्यो । एउटा सरकारले हनुमान बाहेक अरू नदेख्ने, एउटा सरकारले कुलमान बाहेक अरू नदेख्ने । यसको मतलब मैले कुलमानलाई हनुमानसँग दाँजेको होइन, हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान धुजाधुजा पारिहाले । पाँच महिनाको तलब एकै पटक हाजिर नभएका मान्छेलाई कर्मचारीले खुवाइरहेका छन् । कुलमानले विद्युत् प्राधिकरणलाई फाइदामै ल्याएका छन् । तर कुलमानबाहेक अर्को मान्छे छैन त ? कुलमान बूढो भएपछि के गर्छ त यो सरकारले ? कुलमान बूढो भएपछि अर्को कुलमान कसरी खोज्छ त ? विद्युत् प्राधिकरण मात्रै छ ? कुलमान मात्रै छ ? नेपाल एअरलाइन्स छैन ? अरू संस्थान डुबेका छैनन् ? खालि किन कुलमान मात्रै ?’ 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया