हप्तैभर बढ्यो नेप्से, आज १६ अङ्कले बढेर ३१ सय ७९ विन्दुमा

 साउन २८, २०७८ बिहीबार १५:२९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से यो हप्ताभरि नै बढेको छ । पहिलो दिन आइतवार सामान्य बढेको नेप्से अन्तिम दिन आज १६ दशमलव ४१ अङ्कले बढेर तीन हजार एक सय ७९ विन्दुमा पुगेको छ । 

आज बैंकिङ समूहको शेयर नौ अङ्कले बढेको छ । यस्तै विकास बैंकको तीन सय ४४ अङ्कले, फाइनान्सको ३२ अङ्कले, उत्पादनको ९९, जीवन बीमाको ३१ र लगानी समूहको शेयर झन्डै दुई अङ्कले बढेको छ ।जलविद्युत्, होटल, व्यापार, अन्य, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ । 

आज महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बंैक, शाइन रेसुङ्गा विकास बैंक, युनियन लाइफ, जीवन विकास लघुवित्त, रुरु जलविद्युत् र माउन्टेन इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । पाँचथर पावर कम्पनी, ओरियन्टल होटल लगायतको शेयर भने झन्डै चार प्रतिशतले घटेको छ । 

आज दुई सय २५ कम्पनीका तीन करोड ६६ लाख कित्ता शेयर १७ अर्ब ५१ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोसीको ६२ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।  

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया