लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा शपथ ग्रहण

 साउन २८, २०७८ बिहिबार १९:५९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार केसीलाई बहुमतको दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । 

मुख्यमन्त्री केसीले आजै प्रदेश प्रमुखसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री केसीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थन रहेको छ । 

केसी रोल्पाको निर्वाचन क्षेत्र १ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०४६ सालदेखि विद्यार्थी राजनीति सुरु गर्नुभएका केसीले माओवादी युद्धका क्रममा सोनामको नामबाट जनमुक्ति सेनाको कम्पनी कमिसारसम्म हुनुभएको थियो । 

मुख्यमन्त्री केसीले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्नुभएको छ । उहाँले नेपाली कांग्रेसका डिल्ली चौधरीलाई सहरी तथा ग्रामीण विकास मन्त्रीमा र माओवादीका कृष्णध्वज खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

यस्तै जसपाका सहसराज यादव भौतिक पूर्वाधार मन्त्रीमा तथा पुर्मती डेंगा र सुमन शर्मा रायमाझी विना विभागीय मन्त्रीमा नियुक्त हुनुभएको छ । यस्तै अजय शाही विना विभागीय मन्त्री बन्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया