बाग्मती, गण्डकी र कर्णालीमा बादल : तत्काल पानी नपर्ने
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै परीक्षार्थीलाई खोपको व्यवस्था गर्ने गृहकार्य भइरहेको बताउनुभएको छ । ट्वीटर मार्फत् राज्यमन्त्री श्रेष्ठले सबैथरी परीक्षार्थीलाई खोप लगाउन गृहकार्य भइरहेको जानकारी दिनुभएको हो ।
सबैथरी परीक्षार्थीलाई खोप लगाउन गृहकार्य गरिरहेका छौँ । किशोरकिशोरीका लागि मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेका छौं । दक्षिण एसियामै गाभिबाट लागत सहभागितामा खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हो ।
— Umesh Shrestha (@MohpStateMin) August 14, 2021
विश्वविद्यालयका विभिन्न सङ्काय र तहमा परीक्षा दिने विद्यार्थीलाई अस्तिदेखि खोप दिन थालिएको छ । यस्तै उहाँले किशोरकिशोरीका लागि मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेको बताउनुभएको छ । दक्षिण एसियामै गाभीबाट लागत सहभागितामा खोप खरिद गर्ने नेपाल पहिलो देश बनेको समेत उहाँको भनाइ छ ।
कोभ्याक्ससँगको लागत साझेदारी मार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ । खोप सन् २०२२ को मार्च अर्थात् आउँदो फागुनसम्ममा आइपुग्ने अपेक्षा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।