झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
स्वीडेनको केन्द्रीय शहर ओरेब्रोमा रहेको रिसबर्गस्का विद्यालय परिसरमा भएको गोलीबारीमा १० जनाको ज्यान गएको छ ।
गोलीबारीमा संदिग्ध आक्रमणकारीको समेत ज्यान गएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
घटनामा एक जना मात्र आक्रमणकारी संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तर ती व्यक्तिले गोली चलाउनुको कारण भने खुलेको छैन ।
घटनामा धेरै मानिस घाइते भएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । घाइतेहरूलाई अस्पताल लगिएको छ, जसमध्ये चार जनाको शल्यक्रिया भइरहेको छ ।
प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले यो आक्रमणलाई स्वीडेनको इतिहास मै सबैभन्दा खराब गोलाबारी भएको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।