नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) लाई हराउँदै काठमाण्डौको न्युरोड टिम (एनआरटी) क्लब २५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
धरान रङ्गशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा एनआरटीले केएफटीसीलाई ३–१ गोलले हरायो । एनआरटीका शिशिर लेखी, सरोज घिसिङ र रोहण खड्गीले गाेल गरे । केएफटीसी रोबर्ट खोङ्जोनले गाेल गरे ।
योसँगै बुढासुब्बा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । अब एनआरटीले दोस्रो सेमिफाइनलमा पर्सि बिहीवार भारतको यूके एफसीसँगै खेल्नेछ । यस्तै पहिलो सेमिफाइनलमा भुटानको आरटीसी क्लबले चर्च ब्वाइज युनाइटेडसँग भोलि बुधवार खेल्नेछ ।
प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार माघ २६ गते हुनेछ । बुढासुब्बा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।