बाग्मती, गण्डकी र कर्णालीमा बादल : तत्काल पानी नपर्ने

 माघ २३, २०८१ बुधबार ७:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज तीन वटा प्रदेशमा बादल लागेको छ । बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा हिजो हल्का वर्षा भएको तर अबका तीन दिन आज, भोलि र पर्सि आंशिक रुपमा बादल लाग्ने मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार बादल लागेको क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना छैन ।

महाशाखाका अनुसार तराई/मधेसका केही ठाउँमा हुस्सु छ । आज दिउँसो देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ ।

कर्णाली, सुदूरपश्चिम, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

आज बिहान काठमाण्डौमा न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौमा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने अनुमान छ । 
 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया