बाग्मती, गण्डकी र कर्णालीमा बादल : तत्काल पानी नपर्ने
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ५१ औँ पटक रक्तदान गर्नुभएको छ । प्रमुख शाक्यले महानगरपालिकाको वडा नम्बर २१ को श्री गणेश युवा क्लबले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ औँ पटक रक्तदान गर्नुभएको हो ।
‘क्लबको स्थापनादेखि नै रक्तदान गर्दै आएको छु । यो मेरो ५१ औँ पटकको रक्तदान हो’ २१ नम्बर वडाकै स्थानीय वासिन्दा समेत रहनुभएका शाक्यले भन्नुभयो, ‘अरुलाई बचाउनका लागि गरिने रक्तदान उत्कृष्ट दान हो । त्यसैले मैले नियमित रुपमा रक्तदान गर्दै आएको छु । यो त्यसैको निरन्तरता हो । क्लबले ०४४ सालदेखि नियमित रक्तदानको आयोजना गर्दै आएको छ ।’
कोरोनाका बेलामा समेत रगतको अभाव हुन नदिन सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर रक्तदान गर्न प्रमुख शाक्यले अरुलाई पनि सुझाव दिनुभयो । ‘सामाजिक दूरी कायम गरी सुरक्षित भएर स्वस्थ व्यक्तिले रक्तदान गर्दा रगत अभाव हुन नदिइ अरुको पनि ज्यान बचाउन सकिन्छ,’ शाक्यले भन्नुभयो ।
रक्तदान कार्यक्रममा केही दिन अघि मात्रै काठमाण्डौ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेको डडेलधुराको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले पनि मेयर शाक्यसँगै रक्तदान गर्नुभयो । उहाँले भगिनी सम्बन्ध स्थापित महानगरपालिकामा आएर मेयर शाक्यसँगै रक्तदान गर्ने अवसर प्राप्त हुँदा खुशी लागेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।