बाग्मती, गण्डकी र कर्णालीमा बादल : तत्काल पानी नपर्ने
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – सरकारले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको पाँच महिनापछि पनि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने भन्दै ढुक्क भएर दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ ।
कतिपयले पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा प्रभावकारी हुनेबारे शंका गरिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो मात्रा लगाएको लामो समय पछि पनि दोस्रो मात्रा लगाउँदा प्रभावकारीता रहने बताएको हो । अध्ययनहरुले नै पहिलो र दोस्रो मात्रा बीचको अन्तर लामो भएपनि खोपले प्रभावकारी काम गर्ने पुष्टि भएकोले शंका नगर्न मन्त्रालयले आग्रह गरेको छ ।
भारतीय कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिक लगायतलाई दोस्रो मात्राका रुपमा अहिले सरकारले अष्ट्राजेनेका खोप दिइरहेको छ । यी दुई खोप एउटै प्रकृतिका भएकोले कोभिशिल्ड लगाएकाहरुले ढुक्क भएर अष्ट्राजेनेका खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।