बाग्मती, गण्डकी र कर्णालीमा बादल : तत्काल पानी नपर्ने
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
नेकपा एमालेको विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते काठमाण्डाैमा हुँदैैछ । महासचिव पोखरेलले पार्टीमा नेतृत्वको रिक्तता हुने अवस्था आउन नदिन पनि आफूले पार्टीको विधान महाधिवेशनमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्ने बताउनुभयो । शनिबार सुनिता बरालद्वारा लिखित ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उहाँले पार्टी भित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा/तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यकता भएको पनि स्पष्ट पार्नु भयो ।
‘विधान अधिवेशन हुँदैछ । सो विधान अधिवेशनमा नेतृत्व निर्माणका सन्दर्भमा म अगुवाई गरेर कुरा उठाउँछु' उहाँले भन्नु भयो, 'पाका पुस्ता पनि चाहिन्छ, अधवैंसे पुस्ता पनि चाहिन्छ । त्यतिले मात्रै पुग्दैन । युवा/तन्नेरी पुस्ताको पनि समावेशीता विधानमै व्यवस्थिति हुुनुपर्छ । त्यसो नहुने हो भने पार्टीमा नेतृत्वको रिक्तता हुन्छ ।’
महासचिव पोखरेलले युवा पुस्तालाई पार्टी भित्र समावेशी गराउन विधानमा नै व्यवस्था गर्न युवा, विद्यार्थीहरुलाई दवाब दिन पनि सुरु गर्न निर्देशन समेत दिनुभयो । उहाँले पार्टीका युवा, विद्यार्थीहरुलाई निन्द्रा नै नलाग्ने खालको सपना देख्न र उत्पादनको काममा सहभागी भइ देशलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन पनि आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।