भारतलाई विश्वकप जिताउने ग्यारी कर्स्टन आरसीबीको नयाँ प्रशिक्षक

 भदौ १४, २०७५ बिहीबार २१:३६:३७ | एजेन्सी
unn.prixa.net

इन्डियन प्रिमियर लिग आईपीएलको एउटा टिम रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी)ले नयाँ प्रशिक्षक नियुक्त गरेको छ । 

भारतीय टिमका पूर्व प्रशिक्षक समेत रहेका ग्यारी कर्स्टनलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको जनाइएको छ । उनले डेनियल भिटोरीको स्थान लिनेछन् ।

कर्स्टनले भारतलाई सन् २०११ मा विश्वकप जिताएका थिए । कर्स्टन गत सिजनमा बेंग्लोरकै ब्याटिङ प्रशिक्षक थिए । मूख्य प्रशिक्षक नियुक्त भएपछि प्रतिक्रिया दिदैं उनले भने ‘गत सिजनमा भिटोरीसँग मिलेर काम गर्न पाएको थिए, त्यसले मलाई धेरै फाइदा पुगेको छ अब नयाँ च्यालेन्जका लागि म तयार छु ।’ 

बेंग्लोरल सन् २००८ देखि शुरु भएको आईपीएलमा तीन पटक उपविजेता मात्रै भएको छ । भारतीय टिमका कप्तान विराट कोहली बेंग्लोरका पनि कप्तान हुन् ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया