मनसुन सक्रिय रहेकाले अझै केही दिन पानी पर्ने

 साउन ३२, २०७८ सोमबार ८:४५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - तराईका केही जिल्लामा अहिले पानी परिरहेको छ । अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ ।

प्रदेश-१, प्रदेश-२ र लुम्बिनी प्रदेशमा पर्ने तराईका एक/दुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । यस्तै, आज वाग्मती र सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने आज हल्कादेखि सामान्य पानी पर्ने छ ।

देशका अन्य क्षेत्रमा पानी परे पनि मनसुनी न्यूनचापीय रेखाको प्रभाव कम पर्दा काठमाण्डौमा ठूलो पानी परेको छैन । तर बर्खाकाे समय भएकाले पानी पर्ने सम्भावना भने रहेको मौसमविद्ले बताएका छन् । अझै एक/दुई दिन मनसुन सक्रिय रहने भएकाले धेरै ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया