खोटाङ : कच्ची सडक हिलाम्मे हुँदा एम्बुलेन्स सेवा प्रभावित

 भदौ १, २०७८ मंगलबार ११:२१:४३ | दमन राई
unn.prixa.net

खाेटाङ - वर्षाका कारण कच्ची सडक हिलाम्मे हुँदा खोटाङमा एम्बुलेन्स सेवा प्रभावित भएको छ । हिउँद याममा सञ्चालन हुने खाेटाङका दर्जनौँ सडक वर्षाका कारण अवरुद्ध हुँदा एम्बुलेन्स आवतजावतमा कठिनाइ भएको हो ।

सडक अवरुद्ध हुँदा १० पालिकामा बिरामी ओसार–पसारमा प्रयोग हुँदै आएको एम्बुलेन्स सेवा प्रभावित भएको हो । वर्षा याममा कच्ची सडकमा ठाउँठाउँमा पहिरो खस्ने र कतिपय ठाउँमा भासिने गरेका कारण एम्बुलेन्स सञ्चालन असहज भएको ऐँसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेलले बताउनुभयो ।

खाेटाङमा बनेका दर्जनौँ कच्ची सडकमध्ये अहिले मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–दोर्पाचिउरी डाँडा र दिक्तेल–जयराम सडक मात्र सञ्चालनमा छ । मध्यपहाडी लोकमार्गको कालोपत्रे गरिसकिएका खण्डमा मात्र हिउँद वर्षा गाडी सञ्चालन हुने अवस्था बनेको छ । तर, जिल्लाका अन्य सहायक तथा शाखा कच्ची सडकमा ट्र्याक्टर बाहेक अन्य गाडी गुड्ने अवस्था छैन । 

मध्यपहाडी लोकमार्गले छोएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाको अन्य शाखा सडकको अवस्था समेत नाजुक छ । कच्ची बाटो बिग्रेकाले एम्बुलेन्स लगायतका गाडी सञ्चालनमा कठिन भइरहेको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो ।

मोटरसाइकल समेत हिलोमा गाडिएका तस्बिर सामाजिक सञ्जालमा राखेर पालिकाका जनप्रतिनिधिमाथि आक्रोश पोख्ने गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया