सर्लाहीमा साउन ३१ गते रातिदेखि हराइरहेकी किशाेरीकाे शव भेटियाे

 भदौ २, २०७८ बुधबार १४:२७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – सर्लाहीमा साउन ३१ गते रातिदेखी हराएकी १६ वर्षीया किशोरीको शव भेटिएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १७ रानीगन्जकी प्रियङ्का भुजेलको शव कालिन्जाेर खोला किनारमा पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

कालिन्जाेर खाेला मृतक किशोरीको घरदेखि झन्डै तीन किलोमिटर पर पर्ने इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) निर्मल थापाले जानकारी दिनुभयो।

किशाेरीकाे हत्याको आशङ्कामा दुई जनालाई पक्राउ गरी अनुसन्धान गर्दा शव भेटिएको हो । किशोरीका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको बताएका छन् ।

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिएकाले थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया