नेप्से परिसूचक ३२ सय विन्दु नजिक, २१ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

 भदौ २, २०७८ बुधबार १६:३०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजारमा नयाँ कीर्तिमान नेपाली शेयर बजारमा आज फेरि नयाँ कीर्तिमान बनेको छ । नेप्से आज ३८ दशमलव २८ अङ्कले बढेर तीन हजार एक सय ९८ दशमलव ६० विन्दुमा पुगेको छ ।

यो नेप्से सूचकले कायम गरेको अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि साउन २८ गते नेप्से सूचक तीन हजार एक सय ७८ दशमलव ९१ विन्दुमा पुगेर कीर्तिमान बनाएको थियो ।

आज बैंकिङ समूहको शेयर १६ अङ्कभन्दा धेरै, विकास बैंक समूहको शेयर तीन सय ३० अङ्कभन्दा धेरै, फाइनान्सको शेयर एक सय ४८ भन्दा धेरै, जीवन बीमा समूहको शेयर एक सय ५१ भन्दा धेरै अङ्कले बढेको छ । समग्र बजार बढे पनि आज व्यापार समूहको शेयर १५ अङ्कभन्दा धेरैले घटेको छ ।

आज अरुण भ्याली विकास कम्पनी, अरुण काबेली पावर कम्पनी, शिभम् सिमेन्ट र जीवन विकास लघुवित्त कम्पनीको शेयर दश प्रतिशतले बढेको छ । आज एसबीएल डिबेन्चरको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज दुई सय २८ कम्पनीका तीन करोड ६५ लाख कित्ता शेयर २१ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनीको ७८ करोड रुपैयाँको शेयर किनबेच भएको छ । 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया