काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ४० हजार नाघ्याे, सङ्क्रमणबाट एकै दिन ४२ जनाकाे ज्यान गयाे

 भदौ २, २०७८ बुधबार १६:५७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा तीन हजार चार सय तीन जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार तीन सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर र एन्टिजेन गरी १६ हजार आठ सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार चार सय तीन जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयो ।

आज परीक्षणकाे २० प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे हाे । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख १७ हजार पाँच सय ३० पुगेकाे छ । 

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय चार जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८९ हजार एक सय ७३ जना पुगेको छ ।

यही अवधिमा कोरोना सङ्क्रमणका कारण ४२ जनाको ज्यान गएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय ९६ पुगेको छ ।

कोरोनाका सङ्क्रमितमध्ये सात सय ७० जनाको आईसीयू र एक सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया