नेकपा एमाले (समाजवादी) पार्टीमा ९५ सदस्यीय केन्द्रीय कमिटी : चुनाव चिह्नबारे अन्योल

 भदौ २, २०७८ बुधबार १८:४५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) मा ९५ सदस्यीय केन्द्रीय कमिटी रहने भएको छ । आयोगमा दल दर्ताका लागि आज बुधवार दिएको निवेदनमा अध्यक्षमा नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहनुभएको छ ।

त्यस्तै सङ्घीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभाका ३१ सदस्य रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेपाल पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएको हो ।

पार्टीले चुनाव चिह्न किताब प्रस्ताव गरेको छ तर खुला किताब चिह्नमा भने अन्योल छ । पार्टीको झण्डा रातो पृष्ठभूमि रहेको कपडा र बायाँपट्टि हँसिया हथौडा अङ्कित हुने उल्लेख छ । साथै छुट्टै पार्टीको लोगो गोलाकारभित्र संक्षिप्त पार्टी नाम र किताबमाथि हँसिया हथौडा हुने भनिएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया