बाग्मती, गण्डकी र कर्णालीमा बादल : तत्काल पानी नपर्ने
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पार्टीका नेता धर्मेन्द्र बाँस्तोलाले गणतन्त्र आएपछि सबैभन्दा धेरै फाइदा राजतन्त्रवादीहरूलाई भएको बताउनुभएकाे छ । बुधवार संवाद डबलीमा आयोजित ‘कम्युनिस्टहरूबीचको ध्रुवीकरण आवश्यक्ता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले दलाल पुँजीपति र सामन्तलाई मात्रै गणतन्त्रको फाइदा भएको बताउनुभएकाे हाे ।
नेता बाँस्तोलाले नागरिकले गणतन्त्र आएपछि पनि कुनै सेवा–सुविधा नपाएको धारणा व्यक्त गर्नुभयो । नागरिकका निम्ति हिजो भएका समस्याहरू आज पनि रहेको बताउँदै उहाँले कम्युनिस्टहरू एकताबद्ध भए राजतन्त्रको सर्वनाश गर्छ भन्ने डरले राजतन्त्रकै खिल्ली उडाइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गणतन्त्र आएपछि सबैभन्दा बढी फाइदा राजतन्त्रवादीहरूलाई भएको छ, सामन्त र दलाल पुँजीपतिलाई भएको छ । किनभने हिजो राजा हुँदा एउटा तगारो थियो, घुँडा टेकेर एक पटक जदौ गरेपछि उनीहरू ठाउँमा पुग्थे, अहिले त्यो हटेको छ, जनतालाई त हिजो पनि सास्ती थियो, भोकमरी थियो, अशिक्षा थियो, रोगव्याधि थियो, सारा समस्या थिए, आज पनि त्यही छन् । हिजो पनि शिक्षा किन्नुपर्थ्याे, आज पनि त्यही छ । हिजो स्वास्थ्य किन्नुपर्थ्याे आज पनि त्यही छ । हिजो पनि राष्ट्रका समस्या थिए, आज पनि त्यही छ । जनताका निम्ति हिजो जे समस्या थिए, आज पनि त्यही छन्, उनीहरू गणतन्त्रको रक्षा गर्न खोज्दैनन्, किन अहिले राजतन्त्रको खिल्ली उडाउँछन् भन्दा कम्युनिस्टहरू एकताबद्ध भए भने त्यसले सर्वनाश गर्छ भनेर डराएका छन्, त्यसकै पछाडि कतिपय नेताहरूले बोलेको मैले सुनेको छु ।’
नेता बाँस्तोलाले पुरानो प्रतिगामी सत्तालाई ध्वस्त पारेर नयाँ समाजमा रूपान्तरण गर्ने प्रकारको एकता कम्युनिस्ट पार्टीहरूबीच हुन जरुरी रहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।