शेयर बजार १८ अङ्कले घट्यो, जलविद्युत् समूह राताम्मे

 भदौ ३, २०७८ बिहीबार १५:२४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो तीन दिन लगातार बढेको शेयर बजार काराेबार हुने हप्ताको अन्तिम दिन बिहीवार भने घटेको छ । नेप्से आज १८ दशमलव २४ अङ्कले घटेर तीन हजार एक सय ८० दशमलव ७८ विन्दुमा झरेको छ । 

पछिल्लो समय तीव्र गतिमा बढेको जलविद्युत् समूहको शेयर आज भने एक सय २३ अङ्कले घटेको छ । यस्तै बैंकिङ समूहको शेयर साढे १९ अङ्कले, विकास बैंकको एक सय ६२ अङ्कले, होटलको ३०, फाइनान्सको ७३ र उत्पादन समूहको शेयर १९ अङ्कले घटेको छ । आज बीमा, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहको शेयर भने बढेको छ । 

आज खानीखोला हाइड्रो, ङादी ग्रुप अफ पावर र एचआईडीसीएल कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्र बजार घटे पनि जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । 

जीवन विकास लघुवित्तको शेयर लगातार १६ दिन १० प्रतिशतका दरले बढिरहेको छ । 

आज दुई सय २९ कम्पनीका तीन करोड नाै लाख कित्ता शेयर २० अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण काबेली र अरुण भ्याली जलविद्युत् कम्पनीको शेयर एक अर्ब १६ करोड रुपैयाँका दरले किनबेच भएको छ ।  

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया