पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार चार सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १८ दशमलव ७० प्रतिशतमा सङ्क्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या आठ लाख २० हजार ६ सय पाँच पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै थप दुई हजार एक सय २६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार दुई सय ९९ पुगेको छ ।
यही अवधिमा थप ३३ जना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार चार सय २९ पुगेको छ ।
अहिले ४० हजार पाँच सय जना सक्रिय सङ्क्रमित रहेकामा सात सय ३९ जनाको आईसीयू र एक सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।