आफगानिस्तानबाट आजसम्म दुई सय ९६ नेपाली काठमाण्डाै आइपुगे

 भदौ ३, २०७८ बिहीबार २०:४४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तान तालिबान समूहले नियन्त्रणमा लिएपछि त्यहाँ रहेकामध्ये दुई सय ९६ जना नेपाली स्वदेश आइपुगेका छन् । अस्ति मङ्गलवार बिहान एक सय १८ जना, त्यही दिन राति ८४ जना, हिजाे बुधवार बिहान ६५ जना र दिउँसो २५ जना, आज थप आठ जना गरी दुई सय ९६ जना काठमाण्डाै आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर आज जजिरा एअरको कुवेत–काठमाण्डाै नियमित उडानबाट आठ जना नेपाली काठमाण्डाै आइपुगेका हुन् । 

मन्त्रालयले अफगानिस्तानबाट नेपाली फर्काउने काम भइरहेको भन्दै आफ्नो विवरण मन्त्रालयको वेबसाइटमा दर्ता गराउन आग्रह गरेको छ ।

कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझ पाँच बजेसम्म तीन सय जना नेपालीले आफ्नो विवरण दर्ता गराएका विज्ञप्तिमा उल्लेख छ । 

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ अनलाइन पोर्टलमा रहेको नामसहितको विवरण दर्ता गर्न मन्त्रालयले अनुराेध गरेकाे छ । त्यसका लागि भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू +९७७ ९७४९३२६४५८  (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (सिचुएशन रुम, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन सकिनेछ ।  

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया