चार वटा प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलाे पानी पर्ने

 भदौ ४, २०७८ शुक्रबार ८:३९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज प्रदेश नम्बर १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ ।

अन्य धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालकाे वर्षा हुने अनुमान छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका केही ठाउँको ठूलो वर्षाको सम्भावना छ ।

विशेषगरी प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा राति ठूलो पानी पर्ने अनुमान रहेकाले जोखिमयुक्त क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

मौसमविद्का अनुसार अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ ।  यसले गर्दा लगातार झरी पर्ने सम्भावना भने नरहेको उनीहरुको भनाइ छ । 

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया