नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुका कारण पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिउँसोपछि प्रदेश एक, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना छ ।
राति भने प्रदेश एक, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक /दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । अबको केही दिनको मौसम यस्तै रहने पनि उहाँले जानकारी दिनुभयो ।
धेरै वा लगातार पानी नपरे पहिला परेको पानीले जमिन गलेको हुन सक्ने भएकाले भिरालो जमिनमा पहिरो जान सक्ने र नदीहरुमा बाढीको सम्भावना रहेकाले भिरालो जमिन र नदी तटीय क्षेत्रमा रहेकाहरुलाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।