नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - कक्षा १० का विद्यार्थीको समग्र सिकाइको उपलब्धि बढेको छ । २०६७ सालमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा कक्षा १० का विद्यार्थीको शैक्षिक गुणस्तर ४१ प्रतिशत रहेकोमा अहिले बढेर ५१ प्रतिशत पुगेको केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले जानकारी दिनुभयो ।
‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण २०१९’ प्रतिवेदनमा समग्र सिकाइ बढेको देखिए पनि विज्ञान, गणित र अङ्ग्रेजीमा भने आधा विद्यार्थी कमजोर भएको पाइएको छ । परीक्षणको क्रममा गणित विषयमा १५ प्रतिशतले मात्र उत्कृष्ट क्षमता देखाएका छन् । जसमा २२ हजार ३ सय ६५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
त्यस्तैगरी विज्ञान विषय परीक्षणमा २० हजार ६ सय ३७ मा ७ प्रतिशत, नेपालीमा २२ हजार ३ सय ५३ जनामा १८ प्रतिशतले र अङ्ग्रेजीमा २२ हजार २ सय १७ जना मध्ये १८ प्रतिशतले मात्रै उत्कृष्ट क्षमता देखाएका थिए। त्यस्तैगरी औसत क्षमता देखाउनेहरु गणितमा ५० प्रतिशत, विज्ञानमा ३१ प्रतिशत, नेपालीमा ५४ प्रतिशत र अङ्ग्रेजीमा ३० प्रतिशत रहेका छन् ।
अपेक्षितभन्दा कम क्षमता देखाउनेहरु गणितमा ४६ प्रतिशत, विज्ञानमा ६३ प्रतिशत, नेपालीमा ५१ प्रतिशत र अङ्ग्रेजीमा ३७ प्रतिशत छन् । केन्द्रले प्रतिवेदनमा प्रदेशबीच सिकाइ उपलब्धिको तुलनात्मक तथ्य प्रस्तुत गरेको छ । प्रतिवेदनका अनुसार गणित, विज्ञान, नेपाली र अङ्ग्रेजीमा क्रमश ४५, ४३, ४२ र ६० स्केल स्कोरको अन्तर देखिएको छ ।
केन्द्रले एक हजार ८ सय विद्यालयमा नमुना परीक्षण गरेको थियो । समग्र सिकाइ उपलब्धि हासिल गरे पनि प्रतिवेदनको अनुसार प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरुमा सिकाइ उपलब्धिमा कमजोर रहेको पाइएको छ । सापकोटाका अनुसार सही उमेरमा भर्ना भएका विद्यार्थीमा सिकाइ क्षमता धेरै भएको पाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।