नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
मनाङ – मनाङमा बाढी पहिरोले क्षति गरेको दुई महिनापछि विद्युत् मर्मतको काम सुरु भएको छ । गएको असार १ गते आएको बाढी पहिराले बिजुलीका पोल तथा अरु संरचना भत्काएपछि अहिले मर्मतको काम थालिएको हो ।
दुई महिनादेखि उपभोक्ता अँध्यारोमा बस्नुपर्ने बाध्यता छ । अहिले सरकारी कार्यालयसहित बैंक तथा वित्तीय संस्थाको काम सौर्य ऊर्जाबाट चलिरहेको र क्षति पुगेको राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया थालिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने बताउनुभयो । बाढीपहिरोले एक करोड ७० लाख रुपैयाँ बराबरको क्षति पुगेको नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रले जनाएको छ ।
खम्बा, तार र अरु सामग्री व्यवस्थापन गरी ढुवानीको प्रक्रिया थालिएको र लाइन मर्मत गरी बत्ती बाल्न अझै एक महिना लाग्ने केन्द्रका प्रमुख इञ्जिनियर मिलन सुवेदीले बताउनुभयो । नासों गाउँपालिका–१ तालगाउँबाट मर्मत सुरु गरेर स्याक्यू, चामे हुँदै भ्राताङसम्म लाइन मर्मत गरिने प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।