काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
एशियाडमा २० वर्षपछि रजत पदक दिलाएको प्याराग्लाइडिङ टिमका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले पहिलो चरणमा ५ लाख दिने भएको छ ।
एशियाडमा पदक जित्ने खेलाडीलाई परिषदले नगद पुरस्कार दिने नियम अनुसार खेलाडलाई जनही ५–५ लाख दिने भएको हो । परिषदको नियममा एसियाडको समुहगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनहि १० लाख, रजत जित्नेलाई ५ लाख र कास्य जित्नेलाई ३ लाख दिने नियम रहेको छ ।
त्यहि नियम अनुसार परिषदले विजेता खेलाडी नेपाल फर्किएको दिन नै नगरपरिक्रमा गरेर राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा खेलाडीलाई सम्मान गर्ने भएको छ । पदक विजेता टिम भदौ १८ गते नेपाल फर्किदै छ ।
जसमा खेलाडीलाई ५ लाख सहित, प्रमुख प्रशिक्षकलाई ३ लाख, सहायक प्रशिक्षकलाई एक लाख ५० हजार र संघलाई ५ लाख दिने भएको छ ।
एशियाडमा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाडिङमा सरकारी लगानी शुन्य जस्तै छ ।
तर यसपटक पदक जितेपछि सबैको ध्यान यो खेलमा गएको छ । सोहि बमोजिम राष्ट्रिय खेलकुद परिषदले पनि प्रोत्साहनका लागि पुरस्कार दिने भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।