बन्द भएको दुई महिनापछि कोदारी राजमार्ग एकतर्फी खुल्यो,  देशभर १० ठाउँका सडक अझै बन्द

 भदौ ५, २०७८ शनिबार १६:४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – गएको असार १ गतेको बाढी, पहिरोले कटान गरेपछि बन्द रहेको सिन्धुपाल्चोकको कोदारी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । लिपिङ पुलको दुवैतर्फको जग ढुङ्गाले भर्नुको साथै अरु ठाउँमा भत्किएको सडक मर्मत गरेर सडक एकतर्फी सञ्चालनमा ल्याइएको चरिकोट सडक डिभिजन कार्यालयका इञ्जिनियर विजय महतोले जानकारी दिनुभयो ।

दशैंको समयमा चीनबाट आयात हुने सामान ढुवानीका लागि नाका सञ्चालन हुन सक्ने भएकोले बाटो मर्मतको कामलाई पनि तीव्रता दिएको उहाँले बताउनुभयो ।

गएको जेठ ३० गतेपछि बाढी तथा पहिरोले देशका विभिन्न राजमार्ग तथा मुख्य सडकको एक सय ७३ ठाउँमा बन्द भएकोमा ५७ ठाउँको सडक पूर्ववत् अवस्थामा सञ्चालन भैसकेको छ । एक सय ६ ठाउँको अवरोध हटाएर सडक एकतर्फी सञ्चालनमा रहेको र १० ठाउँमा अझै बन्द रहेको सडक विभागले जनाएको छ ।

मनाङ जोड्ने डुम्रे–बेशीँसहर–चामे सडक ६ ठाउँमा बन्द छ भने अरनिको राजमार्ग दुई ठाउँमा बन्द छ । यस्तै गल्छी–रसुवागढी सडक अन्तर्गत रसुवा र नुवाकोटमा एक–एक ठाउँमा सडक बन्द छ । 
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया