थप २ हजार ७५ जनामा कोरोना पुष्टि, झण्डै २ हजार ४ सय जना सङ्क्रमणमुक्त

 भदौ ५, २०७८ शनिबार १७:७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार सात सय तीन जनाको पीसीआर र पाँच हजार तीन सय ७२ जनाको एन्टिजेन गरी १३ हजार ७५ जनाको नमूना परीक्षण गर्दा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्क्रमण कुल परीक्षणमा १५ दशमलव ८६ प्रतिशतमा हो ।

आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख २५ हजार सात सय २२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ८२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९५ हजार नौ सय २५ जना पुगेको छ ।

थप ३० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार चार सय ८५ जना पुगेको छ । अहिले नेपालमा ३९ हजार तीन सय २१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय १८ जनाको आईसीयू र एक सय ६६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया