नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - रक्षा बन्धनको अवसरमा रसुवाको गोसाइँकुण्डमा मेला भर्न जानेहरुको घुइँचो लागेको छ । कोभिड सङ्क्रमणका कारण गोसाइँकुण्ड क्षेत्र विकास समितिले मेला स्थगित गरे पनि भक्तजनहरु गोसाइँकुण्ड पुगिरहेका छन् ।
जनै पूर्णिमाका लागि पवित्र कुण्डमा स्नानका लागि झण्डै दुई हजार भक्तजन निलाद्री पर्वतको तीर्थ प्रस्थान गरिसकेका जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । बढ्दो कोरोना सङ्क्रमणप्रति सजगता अपनाउँदै मास्क लगाउन, भौतिक दूरी कायमको जागरण एवं धार्मिक मार्गको सुरक्षा व्यवस्था मजबुत पार्न प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी गस्ती परिचालन गरिएको प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।
गोसाइँकुण्डमा मेला स्थगित भए पनि भक्तजनको चाप बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले पनि जानकारी दिनुभयो । उहाँका अनुसार लेक लागेर समस्यामा पर्नेहरुको उद्धारका लागि नेपाली सेनाको उद्धार टोलीसमेत तयारी अवस्थामा राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।