देशभर जनैपूर्णिमाकाे राैनक : काेही रक्षा बाँध्दै, काेही जनै फेर्दै (तस्बिरसहित)

 भदौ ६, २०७८ आइतबार १४:१५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

जनै पूर्णिमाका दिन आइतबार बङ्गलामुखी मन्दिर परिसरमा भक्तजनलाई डोरो बाध्दै पुरोहित

काठमाण्डाै -  हरेक वर्ष साउन महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज  जनै धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ । 

काठमाण्डौको पशुपतिनाथसहित देशभरका मन्दिरहरुमा आज जनै लगाउने र रक्षासुत्र बाँध्नका लागि भक्तजनहरुको भीड लागेको छ ।

जनै पूर्णिमाक दिन बङ्गलामुखी मन्दिर परिसरमा जनै तथा डोरो बाध्न आइपुगेका नागरिक । कोरोना महामारीका कारण मन्दिरको प्रवेश द्वार बन्द गरिएको छ ।

आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ ।

आजको दिन वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरि ब्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोसुक्तिले मन्त्रिएका जनै लगाउने चलन छ । यसरी वैदिक मन्त्रोच्चारण गरेका जनै र रक्षासुत्र बाँधेमा नकारात्मक प्रभाव नपर्ने विश्वास छ ।

जनैपूर्णिमा पर्वमा दाङको बबई नदीमा स्नान गर्न तयारी हुँदै स्थानीय

आजको दिनमा बाँधिएको रक्षाबन्धन तिहारमा लक्ष्मी पूजाका दिन खोलेर गाईको पुच्छरमा बाँधे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ । सत्ययुगमा दानवहरुद्वारा लखेटिएका देवताहरुलाई गुरु वृहस्पतिले रक्षा बन्धन तयार गरेर बचाएकाले देवताहरु अति बलवान भएको र दानवराज बलीलाई बाँध्न सफल भएको भन्ने शास्त्रोक्त कथन छ ।

जनै पूर्णिमाक दिन बङ्गलामुखी मन्दिर परिसरमा मानिसकाे भिडभाड

त्यही कथनअनुरुप बलवान र दीर्घायुको कामना गर्दै वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले जनै पूर्णिमाका दिन जनै धारण गर्ने, रक्षासुत्र बाँध्ने र क्वाँटी खाने गर्दछन् । 

पाल्पाको तानसेनको नारायणस्थानस्थित अमरनारायण मन्दिरमा देखिएको चहलपहल ।

पाल्पाको अमरनारायण मन्दिरमा जनैपूर्णिमाको अवसरमा मन्दिर परिसरमा बसी हातमा जनै बाँधिदिँदै पुरोहित ।

बङ्गलामुखी मन्दिर परिसरमा पुरोहितबाट जनै लगाउँदै युवा ।

ब्राह्मण समाज नेपाल तनहुँले आइतबार दमौलीमा आयोजना गरेको सामूहिक रक्षाबन्धन कार्यक्रममा सर्वसाधारणलाई धागो बाँध्दै समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्साल

तस्बिर : रासस

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया