बाग्मती, गण्डकी र कर्णालीमा बादल : तत्काल पानी नपर्ने
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – गृह मन्त्रालयले चाडपर्व मनाउँदा भिडभाड नगरि स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सांस्कृतिक रूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन आग्रह गर्दै दैनिक आवश्यक वस्तु खरिद/बिक्री गर्दा पनि भिडभाड नगर्न आग्रह गर्नुभएको छ ।
अब विभिन्न चाडपर्व तथा जात्रा नियमित आउने र यस्ता चाडपर्वमा हुने भेटघाट र भिडभाडले कोरोना भाइरस फैलाउन सक्ने भएकले सचेत हुनुपर्ने मन्त्रालयका प्रवक्ता पाेखरेलले बताउनुभयो ।
गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिने गरी काम गराउन भनेको छ । अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले स्थानीय प्रशासनले अवस्थाअनुसार भिडभाड रोक्ने भूमिका खेल्न सक्ने प्रवक्ता पोखरेलले बताउनुभयो ।
यस्तै जिल्ला प्रशासन कार्यालय काठमाण्डौले अहिले पनि कोरोना सङ्क्रमण बढिरहेकाले जनैपूर्णिमासँगै सोमवार हुने गाईजात्रा भिडभाड नगरि मनाउन अनुरोध गरेको छ ।
निषेधाज्ञाका बेलामा पनि ठाउँ–ठाउँका व्यापारिक केन्द्र, मठमन्दिर र सार्वजनिक क्षेत्रमा भिडभाड हुने गरेकाले कोरोनाको जोखिम बढ्दो देखिन्छ । आज जनैपूर्णिमाका दिन विभिन्न मन्दिरमा मानिसको भिड थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।