आज पनि काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा निकाे हुने धेरै

२ हजार २ सय ४८ जना निकाे, १ हजार ९ सय २० जनामा सङ्क्रमण

 भदौ ६, २०७८ आइतबार १६:२६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । लामो समयपछि हिजो शनिवार निको हुनेको सङ्ख्या बढी भएकोमा आज आइतवार पनि निको हुनेको सङ्ख्या बढी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ४८ जना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९८ हजार एक सय ७३ पुगेको छ । यस्तै पछिल्लो

२४ घण्टामा एक हजार नौ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार चार सय ४३ जनाको पीसीआर र तीन हजार ७३ जनाको एन्टिजेन गरी १२ हजार पाँच सय १६ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि हो । 

२४ घण्टामा नमुना परीक्षण गरिएका मध्ये १५ दशमलव ३४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाे हाे । 

यही अवधिमा थप २४ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार पाँच सय नौ पुगेको छ । 

अहिले नेपालमा ३८ हजार सात सय ५१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया