सर्लाही : एक महिनामै भत्कियाे शहीद पार्ककाे पर्खाल

 भदौ ६, २०७८ आइतबार १६:५७:७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका २ हजरियामा निर्माणाधीन अवस्थामा रहेको शहीद पार्कको पर्खाल भत्किएको छ । बरहथवा नगरपालिकाले शहीद पार्क निर्माण गर्न आन्तरिक स्रोत तर्फबाट आर्थिक वर्ष २०७७/०७८ मा ३३ लाख रुपैयाँ बजेट छुट्टयाइएको योजना शाखाका प्रमुख कमलप्रसाद पौडेलले जानकारी दिनुभयो ।

शहीद पार्क निर्माण गर्न वैशाख अन्तिम हप्ता नगरपालिकाले आशिष पौडेलको अध्यक्षतामा उपभोक्ता समिति गठन भएकाे थियो । उपभोक्ता समितिबाट निर्माण भएको पार्कको पर्खालमा कमसल निर्माण सामग्री र लापर्बाही भएका कारण पर्खाल भत्किएको स्थानीयवासी हिरालाल परियारले बताउनुभयो ।

साविक हजरिया गाविसको खेल मैदान नजिकै विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेका नगरभित्रका शहीदहरूकाे सम्झनामा शालिक निर्माण गर्ने उद्देश्यले शहीद पार्क निर्माणका लागि बजेट छुट्टयाइएको नगरपालिकाले जनाएको छ । शहीद पार्क निर्माणका लागि आन्तरिक स्रोत तर्फबाट छुट्टयाइएको ३३ लाख रुपैयाँ सबै भुक्तानी भइसकेकाे बताएको छ ।

पर्खाल निर्माण गरिएको एक महिनाभित्र‌मा भत्किएकाले पुनर्निर्माण गरिने उपभोक्त समितिका अध्यक्ष पौडेलले बताउनुभयो । खोलाको छेउबाटै पर्खाल लगाउनुपर्ने स्थानीयवासीले माग गरेकाले वर्षाका कारण पर्खाल भासिएर लडेको उहाँले दाबी गर्नुभयो ।

बरहथवा नगरपालिका २ का वडाध्यक्ष यज्ञबहादुर खड्काले निर्माणका लागि छुट्याइएकाे रकम वडाको नभएको र वडासँग कुनै समन्वय नगरि काम भएकाले त्यसबारे आफूलाई कुनै जानकारी नरहेको बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया