५ हजारभन्दा धेरैले भरे गोसाईँकुण्ड मेला

 भदौ ६, २०७८ आइतबार २०:३०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – गोसाईँकुण्ड क्षेत्र विकास समिति रसुवाले मेला स्थगित गरेको भए पनि जनैपूर्णिमाको अवसरमा यस वर्ष पाँच हजारभन्दा धेरै तीर्थयात्रीले मेला भरेका छन् । रसुवामा सवारी साधन सञ्चालन गर्न दिइएको र बाटो खुला भएका कारण यस पटक तीर्थयात्रीको आगमन बढेको हो । गएकाे वर्ष झन्डै एक हजार तीर्थयात्री मात्र आएका थिए । 

२०७६ सालमा सञ्चालन भएको मेलामा १७ हजार तीर्थयात्रीले मेला भरेका थिए । धुन्चे–गोसाईँकुण्ड पदमार्गबाट १४ हजार र काठमाण्डाै–सुन्दरीजल–हेलम्बु–ठाडेपाटीबाट तीन हजार तीर्थयात्री आएका थिए ।  

रसुवाकाे पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाईँकुण्डमा जनैपूर्णिमा र गङ्गादशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीले मेला भर्ने गरेका छन् ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया