बाग्मती, गण्डकी र कर्णालीमा बादल : तत्काल पानी नपर्ने
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाै जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणबाट बच्नका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीहरूलाई पुनः सचेत गराएको छ ।
आइतवार सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल नेतृत्वको अनुगमन टोलीले न्युरोड, वसन्तपुर, सुन्धारा लगायतका बजार क्षेत्रको अनुगमन गरी कोरोनाबाट बच्न जारी गरिएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न त्यहाँका व्यापारीहरूलाई सचेत गराएको हो । त्यस क्रममा मास्कसमेत नलगाएका व्यापारी र सर्वसाधारण गरी ६८ जनालाई एक सय रुपैयाँका दरले जरिबानासमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।
काठमाण्डाै जिल्ला प्रशासन कार्यालयले आफ्ना पसलमा आउने ग्राहकका लागि अनिवार्य रूपमा मास्क र स्यानिटाइजरको व्यवस्था गर्न पनि व्यापारीहरूलाई निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो, ‘स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरि नबस्न व्यापारीहरूलाई निर्देशन दिएका छौँ । आफ्नो पसलमा आउने ग्राहकलाई समेत स्यानिटाइजर र अनिवार्य मास्क लगाएर मात्रै पसलमा प्रवेश गर्न दिनुहोला भनेर निर्देशन दियौँ ।’
काठमाण्डाै जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट नागरिकलाई बचाउन स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए/नभएको अनुगमन गर्न प्रत्येक दिन बिराएर सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजारको अनुगमनको व्यवस्था मिलाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले सबै सार्वजनिक गाडीलाई पनि यात्रुका लागि अनिवार्य मास्क र स्यानिटाइजरकाे व्यवस्था गर्न निर्देशन दिएको र त्यसको पालना भए/नभएको अनुगमनको कामलाई पनि तीव्रता दिइएको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।