नेपाली सेनाले विभिन्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने

 भदौ ८, २०७८ मंगलबार १९:२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली सेनाले विभिन्न जिल्लाका विभिन्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ ।

सेनाका मेकानाइज्ड युनिटबाट बख्तरबन्द गाडीहरूमा सकल दर्जाको क्षमता अभिवृद्धि गर्न र गाडीको चुस्त अवस्था कायम राख्नका लागि स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा सडकमा अभ्यास गर्न लागिएको सेनाले जनाएको छ ।

काठमाण्डौको सीतापाइलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा तैनाथ गणले विभिन्न मितिमा अभ्यास गर्नेछन् ।

सडकमा नेपाली सेनाकाे बख्तरबन्द गाडी निस्किएको देखेमा त्यसलाई अन्यथा नलिइकन अभ्यासका रूपमा बुझ्न पनि सेनाले आग्रह गरेको छ ।  

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया