एमाले महाधिवेशन मङ्सिरमा, १० बुँदे सहमति कार्यान्वयन गर्न ६ सदस्यीय कार्यदल

 भदौ ८, २०७८ मंगलबार १९:३८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको दशौँ महाधिवेशन आउँदाे मङ्सिर १०, ११ र १२ गते आयोजना हुने तय भएको छ । ललितपुरमा आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशनकाे मिति तय गरेकाे प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।  

यस्तै बैठकले मङ्सिरमा हुने दशाैँ महाधिवेशनका लागि विधान संशाेधन महाधिवेशनकाे मिति सारेर असाेज ५ र ६ गतेलाई पनि ताेकेकाे छ ।  पालिकाको अधिवेशनको मिति पनि सरेको एमालेले जनाएको छ ।  

आजकाे स्थायी कमिटीको बैठकले १० बुँदे सहमति कार्यान्वयनका लागि ६ सदस्यीय उच्चस्तरीय कार्यदल बनाएको छ । कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट रहेका छन् । कार्यदलले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनको सिफारिससमेत गर्नेछ । 

बैठकले पार्टी एकताका लागि भन्दै केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै सङ्गठन र कमिटीलाई २०७५ जेठ २ गते अघिकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन आग्रह पनि गरेकाे प्रवक्ता ज्ञवालीले बताउनुभएकाे छ । 

आजको बैठकमा माधव नेपालको साथ छाडेका युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरू पनि सहभागी भएका थिए । यस्तै माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझी पनि बैठकमा गएका थिए । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया