कांग्रेस : जिल्ला सभापतिहरूले राखेका मागमा समर्थन गर्ने पौडेल पक्षको निर्णय

 भदौ ९, २०७८ बुधबार १२:५७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले जिल्ला सभापतिहरूले राखेका मागमा समर्थन गर्ने निर्णय गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बिहान भएको बैठकमा पौडेल पक्षले जिल्ला सभापतिहरुको मागमा समर्थन गर्ने निर्णय गरेको हो ।

जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने र निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका छन् । हिजो पार्टी कार्यालय सानेपामा धर्ना दिएका दिएका जिल्ला सभापतिहरुले आज  रिले अनसनमा बस्ने बताएका छन् । क्रियाशिल सदस्यता छानबिनमा अपनाइएको मापदण्डबारे जानकारी लिन जिल्ला सभापतिहरूले बिहान कार्यदल सदस्य मीनेन्द्र रिजालसँग छलफल गरेका थिए ।

तर, छलफलमा सहमति नबनेपछि उनीहरु धर्नामा बस्ने भएका हुन् । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले विवाद टुंगाउँदै सोमबार राति सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया