लगातार दोस्रो दिन नेप्से राताम्मे, सबै समूहको शेयर ओरालो

 भदौ ९, २०७८ बुधबार १५:२०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार दोस्रो दिन पनि शेयर बजार घटेर राताम्मे भएको छ । हिजो मङ्गलवार ५६ अङ्कले घटेको नेप्से आज बुधवार ४८ दशमलव ४२ अङ्कले घटेर तीन हजार ७६ दशमलव ४४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बैंकिङ समूहको शेयर साढे २९ अङ्कले, व्यापारको ४१, होटल समूहको ५१ र विकास बैंक समूहको शेयर एक सय ६५ अङ्कले घटेको छ । यस्तै फाइनान्सको २१, माइक्रोफाइनान्सको ५७, जीवन बीमा समूहको तीन सय ५४, निर्जीवन बीमा समूहको चार सय २२ अङ्कले, उत्पादनको एक सय ६२ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै खानीखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि जीवन विकास लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय २७ कम्पनीका एक करोड ९५ लाख ९९ हजार कित्ता शेयर १२ अर्ब नौ करोड रुपैयाँमा किनबेच भएका छन्  । सबैभन्दा धेरै अरुण काबेली हाइड्रोपावरको ४८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया