पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणका कारण थप ४४ जनाको ज्यान गएको छ । आज थपिएका ४४ जनासहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ६ सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप दुई हजार चार सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार दुई सय ९० जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज नमुना परीक्षण गरिएकामध्ये १६ दशमलव २३ प्रतिशतमा सङ्क्रमण देखिएको छ । आज थपिएकासहित नेपालमा अहिलेसम्म आठ लाख ३४ हजार चार सय ५० जनामा सङ्क्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।
यही अवधिमा थप एक हजार सात सय ८१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख तीन हजार नौ सय ६४ पुगेको छ ।
अहिले नेपालमा ३८ हजार दुई सय ८७ जना सक्रिय सङ्क्रमित रहेकामा ६ सय १० जनाको आईसीयू र एक सय ६१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।