नेकपा एकीकृत समाजवादी र लाेकतान्त्रिक समाजवादी पार्टीले पाए मान्यता

 भदौ ९, २०७८ बुधबार २१:३३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी र महेन्द्र ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयाेगमा दर्ता भएकाे छ । दुवै दललाई निर्वाचन आयाेगले बुधवार बेलुका दर्ता भएकाे प्रमाणपत्र दिएकाे हाे । याेसँगै दुवै दलले औपचारिक मान्यता पाएका छन् । 

सरकाले जारी गरेकाे राजनीतिक दलसम्बन्धी अध्यादेशमा रहेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याए दल विभाजन गर्न सकिने व्यवस्था छ । 

बुधवार नै निर्वाचन आयाेगले नेकपा एकीकृत समाजवादी र लाेकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि दिएकाे निवेदनमा नेताहरूलाई सनाखतका लागि बाेलाएकाे थियाे । 

नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठनका लागि केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । यो कुल सदस्य सङ्ख्याको २७ प्रतिशत हो । तर माधव नेपाल पक्षले एक सांसद अपुग हुँदा सङ्घीय संसदमा २० प्रतिशत भने पुर्‍याउन सकेन । दल दर्ताका लागि  एमालेको एक सय ५४ सदस्यीय संसदीय दलका ३० जनाले मात्र सनाखत गरे । याे कुल सङ्ख्याकाे १९ दशमलव ४८ प्रतिशत हाे । 

यस्तै राष्ट्रिय सभाका तीन र प्रतिनिधि सभाका ३४ गरी ३७ सांसदमध्ये १५ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याकाे ४० प्रतिशत हाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया