नयाँ दल दर्तासँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

 भदौ १०, २०७८ बिहिबार ७:४२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने यसअघि नै सहमति भइसकेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्ति भएको डेढ महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन । एमालेबाट अलग भएका माधव नेपालको नयाँ पार्टी दर्ता भएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने उहाँको तयारी थियो।

माधव नेपाल र महन्थ ठाकुरलाई नयाँ दल गठनमा सहज हुने गरी अध्यादेश ल्याएपछि निर्वाचन आयोगले हिजो नेताहरुको सनाखत गरेर दुवै दललाई मान्यता दिएको छ । अब सत्ता गठबन्धनमा कांग्रेसका ६१, माओवादीका ४९, एकीकृत समाजवादीका २३ र जसपाका १९ सहित १ सय ५२ सांसद पुगेका छन् ।

प्रमुख प्रतिपक्ष एमालेमा अब ९८ सांसद भएका छन् । निर्वाचन आयोगले हिजो नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता दिएको हो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया