इञ्जिनियरिङ कलेजलाई अतिरिक्त शुल्क नलिन शिक्षा मन्त्रालयको पत्राचार

 भदौ १०, २०७८ बिहीबार ८:३६:२ | रासस
unn.prixa.net

काठमाण्डौ - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इञ्जिनियरिङ कलेजलाई अतिरिक्त शुल्क नलिन पत्राचार गरेको छ ।

प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिको निर्णयबमोजिम इञ्जिनियरिङ कलेजलाई कोभिड–१९ सङ्क्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले अतिरिक्त शुल्क नलिन विभिन्न विश्वविद्यालयलाई पत्राचार गरेको हो ।

समितिले मङ्गलवार ‘इञ्जिनियरिङ कलेजको विवादित शुल्कका विषयमा कोभिड–१९ सङ्क्रमण कायमै रहेकाे अवस्थामा अन्य क्रियाकलाप नभएकाले शुल्क नलिने व्यवस्था गर्न’ सरकारलाई निर्देशन दिएको थियो । 

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाबाट हिजाे त्यसबारे निर्णय भइ सम्बन्धित विश्वविद्यालयलाई बोधार्थ दिइएको मन्त्रालयले जनाएको छ । पत्रमा त्यस निर्णय कार्यान्वयन गरी प्रगति विवरण मन्त्रालयलाई उपलब्ध गराइदिन भनिएको छ ।

त्यो पत्र त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, पोखरा विश्वविद्यलाय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयलाई पठाइएको छ ।

शुल्क विवाद हुँदा यस सङ्कायका परीक्षा अन्योलमाा परेका थिए ।
 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • manohar jha

    Aug. 26, 2021, 12:34 p.m.

    यो बिज्ञापनमा गल्ती भएको छ ! पढाई शुल्क मात्र लिइनेछ, अतिरिक्त शुल्क नलिने हुनुपर्नेमा पढाई शुल्क नलिने भएछ !!

  •  0 Reply

तपाईको प्रतिक्रिया