नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज राजीनामा दिने तयारी गर्नु भएको छ । आज बस्ने संसदीय दलको बैठकमा उहाँले राजीनामा दिने बुझिएको छ ।
राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी भएको छ । आज नै आचार्यलाई मुख्यमन्त्रीको शपथ गराउने सम्भावना समेत छ । यसअघि शेरधन राईसँग २ मत अन्तरले पराजित भएका आचार्यलाई राईकै समर्थनमा पुन : संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो खुल्न लागेको हो ।
प्रदेश-१ मा एमालेका ५१ जना सांसद छन् । नेकपा समाजवादीले आफ्नो पक्षमा ११ जना रहेको दाबी गर्दै आए पनि नेकपा एमालेले चाहिने सङ्ख्या आफूहरुसँग रहेकोले भीम आचार्य मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको एक नेताले बताएका छन् । प्रदेश सभामा मुख्यमन्त्री बन्न ४७ जना सांसद आवश्यक पर्छ ।
कांग्रेसका २१, माओवादीका १५, जसपाका ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ जना सांसद छन् । समाजवादीमा ८ जना मात्रै सांसद गए भने पनि एमाले सरकार ढल्ने निश्चित छ । तर, त्यो सङ्ख्या समाजवादीमा नरहेको एमालेका नेताहरुको दाबी छ ।
एमालेले आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरेपछि नेपाल पक्षले त्यसलाई रोक्ने प्रयास थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।