एमाले केन्द्रीय कमिटी बैठक सुरु

 भदौ १०, २०७८ बिहीबार १४:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आन्तरिक समस्या समाधानका लागि कार्यदलले तयार गरेको १० बुँदे प्रस्ताव कार्यान्वयनसम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदनलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएकाे छ ।

ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा सुरु भएको बैठकका लागि पार्टीको सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनमा लाग्ने नेतामाथि कारबाहीका विषय कार्यसूचीमा राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यही भदौ ८ गतेको स्थायी कमिटीको बैठकले गएकाे असार २७ गतेको आन्तरिक विवाद समाधान कार्यदलको सिफारिसलाई कार्यान्वयन गर्दै पार्टीको संरचनालाई नेकपा माओवादी केन्द्रको एकतापूर्व (२०७५ जेठ २) कै अवस्थाबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । 

यस्तै पार्टीले आउँदाे मङ्सिरको दोस्रो हप्ता दशौँ राष्ट्रिय महाधिवेशन गर्ने तय गरेको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया